free website hit counter

जापानमा १ हजार नाघ्यो, कोरियामा ६ हजार नजिक

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

टोकियो । कोरोना संक्रमणले विश्वलाई नै आतंकित बनाएको छ । त्यसमा पनि नेपाली श्रमिकहरुको उपस्थिति रहेको जापान, कोरिया, कतार जस्ता मुलुकमा अहिले कोरोनाको संक्रमण फैलिँदो अवस्थामा छ । वैज्ञानिकहरुले यसको उपचार अझै पत्ता लगाउन नसकिरहेको बेला विज्ञान प्रविधिका हिसावले सम्पनन मानिएको मुलुक जापानमा मार्च ५ तारिख अपरान्ह सम्ममा कोरोना भाईरसबाट संक्रमितको संख्या १ हजार ४० पुगेको छ । संक्रमित मध्ये ७ सय ११ जना डाईमण्ड प्रिन्सेस पानी जहाँजका यात्रु र बाँकी ३ सय २९ जना जापानभित्र भेटिएको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । संक्रमित मध्ये १२ जनाले ज्यान गुमाईसकेका छन् । गुमाएका मध्ये पनि ६ जना पानी जहाँजका यात्रु र ६ जना जापानमै भेटिएका संक्रमितहरु रहेका छन् ।
यसैगरि २४ जना संक्रमितहरुको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ५८ जना निको भएको विवरणमा जनाईएको छ । जापानसँगै कोरोना भाईरसको संक्रमण भेटिएको दक्षिण कोरियामा कोरोनाले देशव्यापी असर पारेको छ । एक सातामै संक्रमितको संख्या बढेर ६ हजार नजिक पुगेको छ । हालसम्म ५७ सय ६० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एरिर्यागं टेलिभिजनले जनाएको छ । संक्रमित मध्ये ३५ जनाले ज्यान गुमाईसकेको विवरणमा उल्लेख छ । (एजेन्सी)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार