free website hit counter

स्कुले केटाकेटीलाई जनताको झोला

beemaadmin
२०७६ आश्विन २, बिहीबार

काठमाडौं । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर लमजुङ दोर्दी गाउँपालिका हिले बजार स्थित श्री फलेनी माध्यामिक विद्यालयका बिद्यार्थीहरुलाई जनता बैंकले स्कुल झोला वितरण गरेको छ । लमजुङ जिल्लाको विकट भौगोलिक अबस्थितिमा रहेको यस विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको बैंकले जनाएको हो ।
दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले संयुक्त रुपमा विद्यार्थीहरुलाई झोला वितरण गरेका थिए । जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सीईओ दिवसको म्याद ४ वर्षका लागि थपियो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

कामना सेवा विकास बैंकको बढ्यो नाफा

beemaadmin
२०८३ बैशाख ६, आईतवार

निफ्राको नाफा घट्यो

beemaadmin
२०८३ बैशाख ६, आईतवार