free website hit counter

लोकसेवाको राजश्व एनआईसी एसियाले संकलन गर्ने

beemaadmin
२०७६ आश्विन ३, शुक्रबार

काठमाडौं । लोकसेवा आयोगमा संकलन हुने सबै खाले राजश्व एनआईसी एशिया बैंक लिमिटेडले संकलन गरिदिने भएको छ । बैंक र लोकसेवा आयोगबीच यससम्बन्धी सम्झौता भएको छ । लोकसेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजश्व एनआईसी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एनआईसी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्ने भएका छन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोक सेवा आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि देशभर शाखा सञ्जाल फैलाएको यस बैंकबाट लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार