free website hit counter

नुन, चिनी र ग्यासको अभाव हुँदैन : सरकार

beemaadmin
२०७६ फाल्गुन २५, आईतवार

काठमाडौं । कोरोनाको सन्त्राससँगै बजारमा हाहाकार मच्चिन थालेको छ । सबै उपभोक्ता अहिले सामान सुरक्षित गर्न लागिपर्दा बजारमा हाहाकार मच्चिन पुगेको हो । सरकारले खाद्य तथा इन्धनजन्य वस्तुको अभाव नभएको बताए पनि बजारमा ग्यासको लाइन लामै लागिसकेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले आफूले वितरण गर्दै आएको कुनै पनि वस्तुको वितरण र आपूर्ति प्रणालीमा समस्या नरहेको स्पष्ट पारेको छ । तर पनि उपभोक्ता विश्वस्त हुन नकसेकै कारण बजारमा अभावको अवस्था सिर्जना भएको हो ।

साल्ट ट्रेडिङले अहिलेसम्म मौज्दात र आपूर्तिमा समेत कुनै पनि प्रकारको समस्या नरहेको स्पष्ट पारेको छ। कर्पोरेसनसँग अहिले १ लाख ५८ हजार मेट्रिक टन नुनको स्टक रहेको बताइएको छ । यो स्टकले नै करिब १० महिनाको बजारको माग धान्ने तथा अहिले भारतबाट नियमित रुपमा नुनको आयात भइरहेको भन्दै उनले यो संक्रमणको कारण बजारमा नुनको अभाव नहुने स्पष्ट पारे । अहिले बजारमा मासिक १६ हजार मेट्रिकटन नुनको खपत हुँदै आएको छ ।

Advertisement
Advertisement

साल्ट ट्रेडिङले अहिले ६ महिनाको आयातलाई धान्न सक्नेगरी मौज्दात राख्दै आएको छ । यसका लागि अहिले १ लाख ३६ हजार मेट्रिक टन नुन छुट्याइएको छ । त्यस्तै, चिनी र ग्यासमा समेत कुनै पनि अभाव नभएको र नियमित रुपमा उत्पादन तथा वितरण भइरहेका कारण अभाव नहुने बताइएको छ । अहिले साल्ट ट्रेडिङसँग २ हजार ५ सय मेट्रिक टन चिनी गोदाममै छ।

Advertisement
Advertisement

अहिले नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिकटन चिनीको माग छ भने नेपालको उत्पादन क्षमता १ दाख ८० हजार मेट्रिकटन छ । साल्ट ट्रेडिङ र अन्य उद्योगीहरुसँग समेत गरी अहिले नै १ लाख १० हजार मेट्रिकटन चिनी स्टक रहेको उद्योग मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङले नुन र चिनीका अतिरिक्त एससीटी ग्यास समेत उत्पादन र बिक्री गर्दै आएको छ । यसको उत्पादन र बिक्री पनि नियमित भइरहेको साल्ट ट्रेडिङको दाबी छ ।

अहिले दैनिक औसत ३० हजार सिलिन्डर ग्यास बिक्री भइरहेकोमा माग बढ्न थालेपछि शनिबारदेखि दैनिक ४५ हजार सिलिन्डर उत्पादन सुरु भएको छ ।  यस्तै आयल निगमले पनि ग्यासको कुनै अभाव नहुने बताउँदै एलपी ग्यास उपभोगको औसत मासिक खपत परिणाम सामान्य अवस्थामा ३८ हजार मेट्रिक टन रहेकोमा उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखी ४५ हजार मेट्रिक टनका दरले आपूर्ति हुने व्यवस्था मिलाएको बताएको छ । निगम प्रवक्ताले एक अपिल जारी गर्दै ग्याससम्बन्धी कुनै गुनासाहरु भए निगमको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार