free website hit counter

समीक्षाले भेटिन् प्रधानमन्त्रीलाई

beemaadmin
२०७६ फाल्गुन २८, बुधबार

काठमाडौँ । गत बुधबार मृर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकबाहेक कसैसँग पनि भेटघाट नगराइएकोमा आज मिर्गौलादाता समीक्षा संग्रौलाले भेटेकी छिन् । लिभर आईसीयू कक्षमै गएर समीक्षाले मामासमेत रहेका प्रधानमन्त्री ओलीलाई दिउँसो ३ बजे भेटेकी हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेकी थिइन् । प्रधानमन्त्री ओलीले आफ्‍नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ भने मिर्गौलादाता भान्जी समीक्षाको स्वास्थ्य अवस्थामा भने उल्लेख्य सुधार भइसकेको बताइएको छ ।

समीक्षाको डिस्चार्ज

प्रधानमन्त्री तथा मामा केपी ओलीलाई भेटे भेटेलत्तै समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी छिन् । समीक्षा नाताले प्रधानमन्त्री ओलीकी ‘भान्जी’ हुन् । नौ दिनको अस्पताल बसाईपछि उनी डिस्चार्ज भएकी हुन् । प्रधानमन्त्री ओलीको समेत स्वास्थ्यमा सुधार आएकाले डिस्चार्जको तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार