free website hit counter

नागरिक लगानी कोषले सर्वसाधारणलाई पनि समेट्ने

beemaadmin
२०७६ आश्विन ४, शनिबार

काठमाडौं । स्थापनाको लामो समयसम्म कर्मचारीमा मात्रै केन्द्रित भएको लगानी कोषले सर्वसाधारणलाई पनि समेट्ने भएको छ । नागरिक लगानी कोषले सर्वसाधारण जनतालाई समेट्ने उद्देश्यले नागरिक बचत योजना सार्वजनिक गरेको छ । निश्चित अवधिपछि पेन्सन योजनामा रुपान्तरण गर्ने प्रावधानसहित नागरिक बचत वृद्धि कार्यक्रम सार्वजनिक भएको हो ।

२०४७ सालमै कोषको स्थापना स्थापना भए पनि हालसम्म सर्वसाधारण लक्षित कुनै पनि कार्यक्रम ल्याउन सकेको थिएन। लामो समयदेखि कोषले कुनै पनि नयाँ कार्यक्रम नल्याएको सन्दर्भमा सर्वसाधारणलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति दिन र बचत प्रोत्साहन गर्ने उद्देश्यले नयाँ योजना ल्याइएको कोषका अध्यक्ष डा. रामचन्द्र भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार बचत योजनामा निश्चित अवधिपछि पेन्सन योजनामा रुपान्तरण गर्ने ऐच्छिक सुविधा समावेश गरिएको छ।

यस कार्यक्रमले नियमित वा निश्चित समयमा मात्र आयआर्जन गर्ने नागरिकलाई समेट्नेछ । गैरआवसीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, प्रचलित कानुन बमोजिम दर्ता भएको प्रतिष्ठान र उक्त प्रतिष्ठानमा काम गर्ने श्रमिक, स्वरोजगारमा रहेका सर्वसाधारणलाई पनि यस कार्यक्रमले समेटने भट्टराईले जानकारी दिए। यसमा न्यूनतम मासिक पाँच सयदेखि क्षमताअनुसार अधिकतम रकम जम्मा गर्न सकिने प्रावधान राखिएको कोषले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार