free website hit counter

भोलिदेखि मलेसिया दुई साताका लागि लकडाउन

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

एजेन्सी । नेपाली युवाहरुको प्रमुख रोजगार गन्तव्य मानिएको मलेसिया बुधबारदेखि मार्च ३१ सम्म १४ दिनका लागि लकडाउन हुने भएको छ । विश्वव्यापी रूप लिएको कोरोना नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले लकडाउन गर्न लागेको हो । लकडाउन अवधिभर देशबाहिर जान मलेसिया सरकारले आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाइएको छ । देशबाहिर रहेका मलेसियनहरू भने स्वदेश फर्किने सक्नेछन् । तर, त्यसरी फर्किएका मलेसियनहरूले स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । स्वास्थ्य परीक्षणबाट कोरोना नभेटिए पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ ।
लकडाउन अवधिमा पर्यटक र आप्रवासीलाई भने प्रवेश रोक लगाइएको मलेसियास्थित सरकारी अधिकारीलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । सरकारी तथा निजी कार्यालयसँगै शैक्षिक संस्थाहरू पनि यो अवधिमा पूर्णतः बन्द हुनेछन् । यातायात, स्वास्थ्य संस्था, वित्तीय क्षेत्र, औषधि, खाना, ग्यासलगायतका अत्यावश्यकीय सेवा प्रवाह भने पूर्ववत् सञ्चालन हुने जनाइएको छ । विश्वव्यापी बनेको कोरोना संक्रमण मलेसियामा पनि देखिएको छ । वर्ल्डवोमिटर्सका अनुसार, हालसम्म यहाँका ५ सय ६६ मानिसमा कोरोनाको लक्षण देखिएको छ । यद्यपि, अहिलेसम्म यो संक्रमणका कारण ज्यान भने गएको छैन । बरु कोरोना संक्रमित ४२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार