free website hit counter

उपचार खर्च वापत १५ लाख रूपैयाँ बीमा रकम हस्तान्तरण

beemaadmin
२०७६ चैत्र ६, बिहीबार

काठमाडौं । सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत एनआईसी एशिया बैंक लिमिटेडका ग्राहक झापा विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवालले औषधी उपचार बीमाअन्तर्गत १५ लाख प्राप्त गरेका छन् ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ४ का दिन उक्त रकम बराबरको चेक अग्रवाललाई हस्तान्तरण गरे । महेश अग्रवालले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् ।
आफ्नो ओपन हर्ट सर्जरी भएपश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दावी गरेका थिए । यसैगरी बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरूले बीमा वापतको ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार