काठमाडौं । कोरोना आतंकले सबैक्षेत्र त्राहीमाम मात्रै भएको छैन यसविरुद्ध निकै सचेतना पनि अपनाइरहेका छन् । चितवनको कुरिनटारस्थित मनकामना केबुलकार चैत ८ गतेदेखि आगामी चैत ३० गतेसम्म बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि केवलकार बन्द गर्ने निर्णय गरिएको हो । कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि मनकामना केवलकार बन्द गर्ने निर्णय गरिएको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठ जानकारी दिए । उनले चैत ३० गतेबाट पुनः केवलकार संचालनमा ल्याइने जनाए ।