काठमाडौं । कोरोना संक्रमणबाट बच्न सरकारले मात्रै होइन अन्य सबै क्षेत्रमा सचेतना अपनाउन थालिएको छ । काठमाडौँ महानगरपालिकाले विभिन्न मन्दिरमा भक्तजनहरुलाई प्रवेश निषेध गरेको छ । महानगरको वडा नम्बर २२ ले संकटा मन्दिर, महाँकाल मन्दिर, तेबहाल भद्रकाली मन्दिर, र बटु भद्रकाली मन्दिरहरुको भक्तजनलाई प्रवेश निषेध गरिएको हो । महानगरले चैत्र ७ गते शुक्रबारदेखि लागु हुने गरी नित्यपुजा बाहेक भक्तजनलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो । कोरोनाभाइरस नियन्त्रण ब्यबस्थापनको लागि यस्तो निर्णय भएको महानगरले जनाएको छ ।