free website hit counter

चीनमा भन्दा इटलीमा मृत्युको संख्या बढी

beemaadmin
२०७६ चैत्र ७, शुक्रबार

एजेन्सी । कोरोनाको उद्गमस्थल मानिएको चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो । कुल संक्रमितको संख्या भने इटलीमा भन्दा अझै चीनमा बढी छ । चीनमा ८० हजार ९ सय ६७ र इटलीमा ४१ हजार ३५ व्यक्तिमा कोरोनाको लक्षण भेटिएको छ । तर, संक्रमण र मृत्युदर दुवै इटलीमा बढी छ । बिहीबार मात्रै इटलीमा ५ हजार ३ सय ३२ कोरोनाको नयाँ बिरामी भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनमा भने बितेको २४ घण्टामा मात्रै ३ जनाको ज्यान गएको छ । देशभर कोरोनाका ३९ नयाँ बिरामी भेटिएका छन् । विश्वभर महामारीको रूप लिएको कोरोनाले हालसम्म १० हजार ४८ मानिसको ज्यान गएको छ ।

सम्बन्धित समाचार