free website hit counter

प्रदेश १ लाई बजेट निर्माणको चटारो

beemaadmin
२०७६ चैत्र ७, शुक्रबार

बिराटनगर । प्रदेश १ सरकार अहिले बजेट निर्माणको अभियानमा जुटेको छ । यसै सिलसिलामा प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट तर्जुमाको प्रक्रिया शुरु गर्ने क्रममा बिहीबार राजस्व परामर्श समितिको वैठक आयोजना गरेको थियो । वजेट तर्जुमाको लागि आन्तरिक स्रोत परिचालन गर्न आगामी आवमा लिइनु पर्ने राजस्व नीति करको दर र दायरा तथा कर कानून तथा प्रक्रियाको सरलीकरण गर्न राजस्व परामर्श समितिको सिफारिस वमोजिम वजेट बक्तव्यमा सम्बोधन हुने गर्दछ । प्रदेश १ ले यस वर्ष आन्तरिक राजस्व रु ३ अर्व ८४ करोड उठाउने लक्ष्य लिएको मन्त्रालयका सचिव दामोदर रेग्मीले बताउनुभयो । प्रदेशले प्राकृतिक स्रोतको संकलन र विक्री घरजग्गा रजिस्ट्रेशन यातायात कर मनोरंजन करवाट आन्तरिक स्रोतको व्यवस्थापन गर्ने गर्दछ । राजस्व परामर्श समितिले यिनै विषयमा आगामी आवमा लिनु पर्ने नीतिको वारेमा सिफारिस गर्नेछ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रेग्मीको अध्यक्षतामा संचालित वैठकमा झापा जिल्ला समन्वय समितिका प्रमुख , अर्थशास्त्री अर्जुन वराल र योगेश राजभण्डारी, प्रदेश लेखा नियन्त्रक डम्बर कार्की, कोष तथा लेखा नियन्त्रक मोरङका प्रमुख, प्रदेश नं १ को उद्योग बाणिज्य संघ, उद्योग संगठन मोरङ, मोरङ
व्यापार संगठन र सबै मन्त्रालयका बजेट तथा योजना महाशाखा प्रमुखको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य घट्यो

beemaadmin
२०८१ मंसिर १३, बिहीबार

पहिरो गएको सुनको मुल्य आज बढ्यो

beemaadmin
२०८१ मंसिर १२, बुधबार