free website hit counter

कोरोनाकै कारण बेलायतमा पूर्व गोर्खा सैनिक एक नेपालीले ज्यान गुमाए

beemaadmin
२०७६ चैत्र ९, आईतवार

एजेन्सी। नेपाल सरकारको उच्च सतर्कताका कारण अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण देखिएको छैन । तर देश विदेशमा हरेका केही नेपाली भने कोरोना संक्रमित भएका छन् । तर त्यस्ता संक्रमितको संख्या थोरै मात्रै छ । कोरोना भाइरसबाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ। बेलायतमा बस्दै आएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो। संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै राईको मंगलबार मृत्यु भएको हो।
तीन दिनअघि राईको मृत्यु भए पनि अस्पतालले शनिबार मात्र उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । पारिवारिक स्रोत लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा राईको मृत्यु भएको हो । राईको परिवार आइसोलेसनमा रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार