काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस विश्वका एक सय ८६ राष्ट्रमा महामारी फैल्याउंदै सम्पूर्ण विश्वलाई नै आतंकीत बनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल सम्म विभिन्न मुलुकका करिव सात हजार नागरिक यहि कोरोनाका कारण ज्यान गुमाईसकेका छन् । यहि भाइरस सक्रंमण नेपालमा देखिए परिक्षणका लागि निजि क्षेत्रका ल्याब तैगारी अवस्थामा रहेको केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियन अफ नेपाल (केमसान) का अध्यक्ष सुरेस घिमिरेले जानकारी दिएका छन् । निजि क्षेत्रका ल्याबलाई भाइरस परिक्षणमा सल्गंन गराउन उप–प्रधानमन्त्री स्तरमा अनुरोध गरिए पनि सरकारी संयन्त्रबाट हाल सम्म कुनै निर्णय नआएकोमा दुखः व्यक्त गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले केमसानमा आवद्ध व्यवसायीहरुलाई टेष्ट किट आयातमा समेत अनुमति दिइएको छैन् । देश सकंटमा परेको बेला मौका छोपी फाईदा उठाउने पटके व्यवसायीको नियणत्रयामा सरकार सजग रहनुपर्ने अनले जोडदार माग गरेका छन् । नागरिकलाई आवश्यक माष्क र हयाण्ड सेनिटाइजर उत्पादनमा नेपाल सहजै आत्मनिर्भर बन्न सक्छ । तर नेपाल सरकारको उद्योग मन्त्रालयको वेवास्ताका कारण केमसानले वर्षे देखि माग राखि आएके स्वास्थ्य उपकरण एस्मबलिङ पाल्नट शुरुवातले प्राथमिक्ता पाउन नसकेको छैन् ।
उनका अनुसार सरकारी अस्पताल र सरुवा रोग नियणत्रण तथा परिक्षणका लागि सञ्चालित टेकु स्थिीत प्रयोगशाला मात्र पर्र्याप्त छैन् । केमसाान अन्र्तगतका ४५० व्यवसायी मध्येबाटै अन्तराष्ट्रिय स्तरका एस।आरएल, टेष्ला लगायतका दर्जन वढि प्रयोगशाला नेपालभर सञ्चालनमा छन् । स्वास्थ्य मन्त्रालयले मापदण्ड तोकी निजि क्षेत्रका ल्यावलाई भाइरस परिक्षणमा सम्मीत गराए जनताले सहज स्वास्थ्य सेवा उपभोग गर्न सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालालाई यस विषयमा जिज्ञासा राख्दा सरकार कुनै निणर्यमा पुग्न नसकेको बताएका छन् । मित्र राष्ट्र चीन सरकारलाई नेपाललार्य आवश्यक पर्ने १५ प्रकारका सामाग्रीको सुची तयार गरी परराष्ट्र मार्फत चीन सरकारलाई अनुरोध गरिसकिएको जनाएका छन् ।