free website hit counter

माछापुच्छ्रे बैंकको सिइओमा कोइराला

beemaadmin
२०७६ चैत्र ११, मंगलवार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइराला नियुक्त भएका छन् । बैंकको सोमबार बसेको संचालक समितिको ४१७ औं वैठकले आगामी बैशाख १ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हो । नयाँ नियुक्तिअघि उनी सो बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।
कोइराला माछापुच्छ्रे बैंकमा विगत ७ वर्ष देखि कार्यरत छन् भने उनीसँग समग्र बैकिङ्ग क्षेत्रको २१ वर्षको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट “एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम”मा डिप्लोमा गरेका छन् ।

सम्बन्धित समाचार