free website hit counter

पाँचथरका अनिलको अमेरिकामा कोरोनाका कारण निधन

beemaadmin
२०७६ चैत्र ११, मंगलवार

न्यूयोर्क । कोरोना संक्रमणबाट उपचाररत एक नेपालीको अमेरिकामा ज्यान गएको छ । पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । १५ वर्षअघि आएका सुब्बा एक छोरा र दुई छोरीसहित उनी अमेरिकामा बस्दै आएका थिए। अमेरिकामा कोरोना संक्रमणबाट नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि बेलायतमा एकजना नेपालीको मृत्यु भएको थियो । पाँचथरको रानीगाउँमा जन्मेका सुब्बा १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । भाडाको ट्याक्सी चलाउने उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार