free website hit counter

डा. ज्ञवालीले गरे राहत कोषमा २ लाख सहयोग

beemaadmin
२०७६ चैत्र १७, सोमबार

काठमाडौं । कोरोना रोगको रोकथाम र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सहयोगी हातहरु थपिनेक्रम बढ्दो छ । प्रधानमन्त्री केपी शर्माओलीको दोस्रो पटक मृर्गौला प्रत्यारोपण गर्ने प्रा. डा. प्रेम ज्ञवालीले प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । डा. ज्ञवालीले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । उनले आफ्नो प्रदेश नम्बर ५ को कोरोना राहत कोषमा पनि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै उक्त रकम बैंकहरुको कारोबार सुरु भएपछि प्रदान गर्ने जानकारी समेत दिएका छन् ।

सम्बन्धित समाचार