free website hit counter

भागिरहेका निजी अस्पताललाई सर्वोच्चले रोक्यो

beemaadmin
२०७६ चैत्र १८, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई कुनै पनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट निजी अस्पताललाई नरहेको भन्दै उपचार गर्ने व्यवस्था मिलाउन आदेश दिएको छ । अधिवक्ता पुष्पराज पौडेल लगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश डा।मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो । आदेशमा सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
निजी स्वास्थ्य संस्थामा उपलब्ध बेड, आईसीयू कक्ष, भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक,परिचारिका,एम्बुलेन्स चालकलगायतको सुरक्षाको यथोचित प्रवन्ध मिलाउनू, सर्वोच्चको आदेशमा उल्लेख छ ।

सम्बन्धित समाचार