free website hit counter

शाहरुख खानको अफिस क्वारेन्टाइन

beemaadmin
२०७६ चैत्र २३, आईतवार

एजेन्सी । सिंगो भारत लकडाउन गरी कोरोनासँग युद्ध जारी राखेको छ । भारतीय नायक शाहरुख खानले सम्भावित जोखिम रोक्न आफ्नो अफिस क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने भएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले आफ्नो कार्यालयको चार तले भवनलाई क्वारेन्टाइन सेन्टर बनाउन प्रस्ताव गरेका छन् । बालबालिका, महिला र वृद्धवृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवन क्वारेन्टाइनका रुपमा प्रयो गर्न दिने जनाएका हुन् ।
बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट यो जानकारी दिएको भए पनि खान दम्पतीले भने आफ्नो कुनै पनि सामाजिक सञ्जालमा यसबारेमा केही लेखेका छैनन् । शाहरुख खानले यसअघि गएको बिहीबार आफ्नो कम्पनीको समूहसँग मिलेर सहयोगको हात बढाएका थिए । सरकारी कोषदेखि ५० हजार पीपीई किट, मुम्बईका पाँच हजार पाँच सय परिवारलाई खाद्य सामग्री, १० हजार जनालाई तीन लाख भोजन किट लगायत सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
भारतमा आइतबारसम्म ३ हजार ५८८ जना संक्रमित भएका छन् भने संख्या ८६ जनाको मृत्यु भएको छ । भारतमा संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । ३ हजार २७३ जना उपचाररत छन् ।

सम्बन्धित समाचार