free website hit counter

कोरोनाको कहर क–कसलाई ?

beemaadmin
२०७६ चैत्र २६, बुधबार

Covid 19 ले आर्थिक क्षेत्रमा जन्माउने प्रभाव र यसपछिको उत्पादन सम्बन्ध कस्तो हुन्छ भन्ने बारेमा अनुमान गर्न थाल्ने पनि समय भएको छैन । अब ब्रेकफाष्ट, लन्च वा डिनर खान दिन दिनै पाउरोटी किन्नु पर्ने, त्यही पाउरोटी उत्पादन, वितरण र उपभोगमा कर लगाई त्यसको उत्पादन, वितरण र बिक्रीमा संलग्न जनशक्तिलाई मुनाफा वा ज्याला दिने र सरकार सञ्चालनका लागि खर्च निकाल्ने र हाम्रो जस्तो अझै पनि भकारीमा धान गहुँ मकै राख्ने र चाहिएको बेला कुटी खाने अर्थ व्यवस्था अबका दिनमा कसरी जान्छन, यो कहरको गंभीरताले तय गर्ला । तर यसले सबै खालका राजनीतिक, सामाजिक, साँस्कृतिक र धार्मिक मत, बिचार र वादहरुलाई हल्लाउने भने निश्चित देखिएको छ । शासकीय ढाँचाका बारेमा नयाँ ढंगले बहस हुने पक्का छ । नागरिक हक र व्यक्तिगत गोपनीयता अतिक्रमण गर्ने राज्यको अधिकार थाहै नपाई बिस्तार हुनेछ । यी घटनाले यो अनुमान र निश्कर्ष निकालिएको हो ।

१. अस्ट्रेलिया लगायतका पश्चिमी मुलुकमा ग्रोसरी भन्दा ट्वाएलेट पेपर स्टोरबाट हराए ।

२. यो संकटको लडाईमा तुलनात्मक रुपमा अनुदारवादी शासन व्यवस्था भएका चीन, द. कोरिया, सिंगापुर जस्ता मुलुक सफल देखिए ।

३. भारतमा एउटा मुस्लिम सभाका सहभागीबाट र कोरियामा चर्चबाट यो फैलियो । इजरायलमा पनि धर्म गुरुबाट यो बढेको समाचार आएको छ । भारतमा यो घटनालाई हिन्दुत्वको पक्षमा गजबले प्रयोग भयो । बत्ति बालेर कोरोना भगाउने नारा लगाइयो ।

४. पाकिस्तान र द. अफ्रिकामा ppe माग्न डाक्टरहरुले प्रदर्शन गरे र उनीहरू माथि प्रहरीले लाठी चार्ज गरे । भारतको इन्दौरमा चिकित्साकर्मी माथि स्थानीयले आक्रमण गरे । आइभरिकोष्टमा टेष्ट सेन्टर स्थानीयले तोडफोड़ गरे ।

५. अमेरिकामा न्यूयार्कका गभर्नर घण्टौं टिभीमा साक्षात्कार गर्छन, संघीय सरकारसंग गुनासो गर्छन तर अरु कैयौं राज्यले लकडाउन गर्दा पनि आफू गर्दैनन् । विश्वका सबैमानेमा शक्तिशाली मुलुक प्राय सबै नराम्रोसंग लडखडाएका छन् । हामी हाम्रो सबै खालको पछौटेपनको बाबजूद यी सबै बिकृतिबाट प्रभावित छैनौं ।

सरकारसंग जनताका, चिकित्साकर्मी, सुरक्षाकर्मीका गुनासा होलान र हुनु स्वाभाविक हो । तर जनताले लकडाउन पालन गरेका छन् । आधारभूत आवश्यकताका सामान उपलब्ध छन् । खाद्यान्न पसल सामान सहित खूल्ला छन् । स्वास्थ्यकर्मी सुरक्षाकर्मी डटेर कार्यक्षेत्रमा खटेका छन् । राजनीतिक रुपमा सत्ता पक्ष मात्र होइन, विपक्ष समेत एकमतले सरकारसंग छ । यसलाई कायम राखौं । यो संकटको कुनै तरिकाले दुरुपयोग गर्नेलाई ठाँउका ठाँउ समाउ तर बिधिको उल्लंघन नगरी । निजी र गैर सरकारी क्षेत्रको भूमिका प्रभावी देखिएको छैन । यसलाई प्रोत्साहित गरौं । सरकारले सबै क्षेत्रबाट व्यक्त गुनासा वा प्रतिक्रियाहरुलाई गंभीर रुपमा लिनु पर्छ र पक्कै लिएको छ । यो समग्र साथ समर्थनलाई taken for granted को रुपमा लिएको छैन । अब दुई हप्ता मात्रै धैर्यता गरौं । यदि त्यसो गर्यौ भने हामीले धेरै कुरा जितिसकेका हुनेछौं । नागरिक हक र गोपनीयताको बारेमा सन्दर्भ अनुसार पछि ।

(कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा सहसचिव पदमा कार्यरत ज्ञवालीको फेसबुकबाट साभार)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार