free website hit counter

बागमती प्रदेशले माग्यो १६६ स्वास्थ्यकर्मी

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । करार सेवामा लिइने नवौं तहदेखि ४ तहसम्मका कर्मचारीको संख्या १ सय ६६ रहेको छ । देशभर लकडाउन जारी रहेको बेला मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी यति ठूलो संख्यामा कर्मचारी माग गरेको छ । योग्यता पुगेका उम्मेदवारहरुले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत् आवेदन दिन सकिने उल्लेख गरिएको छ । नेपाल कोरोनासँगको युद्धमा होमिएको बेला प्रदेश सरकारले पनि यति ठूलो संख्यामा एकै पटक स्वाथ्य क्षेत्रका कर्मचारीको माग गरेको हो ।

सम्बन्धित समाचार