free website hit counter

युएईले दबाव दिए साढे ३ लाख श्रमिकको अवस्था के हुन्छ ?

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

काठमाडौं । साढे ३ लाख नेपाली श्रमिक कार्यरत युएईले कोरोना संकटका बेला आफ्ना नागरिक फिर्ता लैजान नमान्ने देशलाई कारबाही गर्नका लागि अध्ययन थालेको बताइएको छ । निजी क्षेत्रमा काम गर्ने मजदुरले घर फर्कन चाहेमा फिर्ता पठाउने नियम युएई सरकारले ल्याएको अवस्थामा आफ्नो नागरिकलाई घर फर्कन नदिएर असहयोग गर्ने देशसँग विगतमा गरिएका श्रम सम्झौता पुनरावलोकन गर्ने अवस्थामा समेत युएई पुगेको बताइएको छ । नेपालसहितका देशले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन चाहिरहेका छैनन् । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सतर्कता अपनाउन निजी क्षेत्रमा काम गर्नेहरुलाई आफ्नो देश फर्कन दिइने व्यवस्था युएईले गरेको छ । युएईमा साढे तीन लाख नेपाली रहेका छन् । कोरोनाका कारण अहिले कतिपयको रोजगारी गुमेपछि कोरोना भाइरसको त्रासका कारण उनीहरु घर आउन चाहेको छन् । युएईले साँच्चै चर्को रुपमा श्रमिक फिर्ता पठाउने निर्णय लागू गर्यो भने नेपाली श्रमिकको अवस्था के होला ? नेपाल सरकारले ती श्रमिकलाई नेपाल भित्र्याएर १४ दिनको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सक्ला ?

सम्बन्धित समाचार