free website hit counter

महानगरवासीलार्य निःशुल्क एम्बुलेन्स

beemaadmin
२०७७ बैशाख २, मंगलवार

काठमाडौं । लगातारको लकडाउनले सबैतिर अवरोध पुगेको बेला काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग गर्नेछ ।

लकडाउनको समयमा हृदयाघात, मिर्गौलारोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको कामपाले जानकारी गराएको छ । निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि कामपाले हटलाइन नम्बर ११८० को व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार