free website hit counter

आईपीओ निष्काशनको प्रस्ताव पारित

beemaadmin
२०७६ आश्विन १२, आईतवार

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी असोज १२ गते सम्पन्न दोश्रो वार्षिक साधारणसभाले कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । साधारणसभाले संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आगमी आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नौ महिनाको छोटो अवधिमा आकर्षक जीवन बीमा योजना जारी गरेको, शाखा विस्तार, तालिम प्राप्त दक्ष अभिकर्ताहरु परिचालन, बीमा शुल्क संकलन, जीवन बीमा कोषको स्थापना, उच्च प्रतिफलयुक्त दिर्घकालीन लगानीलगायतका कार्यहरुमा कम्पनी सफल भएको दाबी गर्नुभएको थियो ।  देशैभर १०३ शाखा तथा उपशाखा बिस्तार गर्दै एक अर्ब ४१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्रीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार