एजेन्सी । कोरोना संक्रमणले देश आक्रान्त भएपछि विश्व स्वास्थ्य संगठनसँग आक्रान्त बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक गरेका छन् । राज्यका गभर्नरहरुका लागि एक निर्देशिका जारी गर्दै ट्रम्पले तीन चरणमा लकडाउन खुला गर्ने रणनीति अघि सारेका छन् । १८ बुँदे निर्देशिकामा एउटा चरण कम्तीमा १४ दिनको हुने जनाइएको छ ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ६ लाख ५४ हजार तीन सय १ जना संक्रमित भइसकेका छन् भने ३२ हजार एक सय ८६ जनाको मृत्यु भइसकेको छ । यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पले केही राज्यहरुमा यसै महिनादेखि लकडाउन हटाउन सक्ने बताएका छन् । दैनिक ब्रिफिङका क्रममा बिहीबार राष्ट्रपति ट्रम्पले भनेका छन् हाम्रो युद्धको अर्को मोर्चामा अमेरिका फेरि खुला हुनेछ । अमेरिका खुला हुन चाहन्छ र अमेरिकन खुला हुन चाहन्छन्, देश बन्द राख्नु दिगो समाधान होइन ।