free website hit counter

लकडाउन अझै कडा बनाउन प्रधानमन्त्रीको कडा निर्देशन

beemaadmin
२०७७ बैशाख ५, शुक्रबार

काठमाडौं । बिचल्लीमा परेका मजदुरहरुको पक्षमा सरकारले निर्णय लिने अपेक्षा गरिएका बेला एकाएक संक्रमितको संख्या थपिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझ कडा पार्न निर्देशन दिएका छन् । शुक्रबार साँझ मन्त्रिसहित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले लकडाउनलाई कडीकडाउ गर्न र उल्लंघन गर्ने जो कसैलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।
मन्त्री तथा उच्चस्तरीय समितिका सदस्यसहित सुरक्षा अंगका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारको निर्णय नमान्ने जोकसैलाई पनि कारवाहीको दायरामा ल्याउन समेत भनेका छन् । बैठकमा अलपत्र मजदुरको विषय उठान भएपछि भने प्रधानमन्त्री मौन बनेका थिए । लकडाउन प्रभावकारी बनाउने भनिए पनि पैदल हिँडेर अलपत्र परेका मजदुरका बारेमा खासै छलफल र निर्देशन भएको छैन ।

सम्बन्धित समाचार