free website hit counter

ट्यांकर चालकलाई सुरक्षा सामाग्री वितरण

beemaadmin
२०७७ बैशाख ७, आईतवार

काठमाडौं। विश्वभर कोरोनाको आतंक जारी रहेको र नेपालमा पनि कोरोना संक्रमण हुन नदिन चर्को लकडाउन जारी रहेको बेला उपत्यकाभित्र पानी वितरण गर्ने कार्यमा अरोरात्र खत्रिटएका ट्यांकर चालक तथा सहचालकलाई सुरक्षाको व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डले १४ औं वार्षिकोत्सवको अवसर पारेर उपत्याका भित्र पानी वितरण गरिरहेका चालक र सहचालकलाई आवस्यक सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।
वोर्डका कार्यकारी निर्देशक डा. सञ्जिव विक्रम राणा र काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले चालक तथा सहचालकहरुको सुरक्षाका खातिर माक्स, सेनिटाइजर, ग्लेबजस्ता आत्यावस्यक सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन् । सरसफाईमा विशेष ध्यान दिनुपर्ने, लगातार हात धोइरहनु पर्ने बेला सुख्खा मौसम भएकाले उपत्यकामा पानीको माग अधिक छ । उपत्यकामा निजी, व्यवसायीक संघ र केयुकेएलका ट्यांकरले पानी आपूर्ति गर्दै आएका छन । उपत्यकामा पानी वितरण गर्ने निजी, व्यवसायीक र केयुकेएलका ट्यांकर चालक र सहचालकलाई सुरक्षा सामाग्री हस्तान्तरण गरेको बोर्डले जनाएको छ । यस्तो विषम परिस्थितिमा पनि ट्यांकरमार्फत् पानी वितरण गर्दै आम नागरिकको सेवामा अहोरात्र खटिएका चालक तथा सहचालकहरुलाई कोरोनाको जोखिमबाट बचाउन सुरक्षा सामाग्री वितरण गरिएको वोेर्डका निर्देशक डा. राणाले बताएका छन् ।

सम्बन्धित समाचार