free website hit counter

यिनकाे सुरक्षामा कसकाे ध्यान पुग्ला ?

beemaadmin
२०७७ बैशाख ७, आईतवार

काठमाडाैं । कोरोना सक्रंमण विश्वव्यापी फैलिँदै नेपाल समेत उच्च जोखिममा परिसकेको छ । सामाजिक स्तरमा कोरोना महामारी नियत्रणका लागि अत्यावसकिय सेवा बाहेक सम्पूर्ण क्रियाकलाप बन्द गरिएको छ । यसले मन्त्रीपरिषद् निर्णय अन्तर्गत लकडाउन पालना हुन सहयोग पुर्याउँदै आएको छ । भन्सार राजस्व आय राष्ट्रको प्रमुख आम्दानी स्रोत हो । तर त्यही भन्सार जाँच–पास र वाणिज्य सरलीकरणमा आबद्ध भन्सार एजेन्टहरू कोरोना सक्रंमणको सुरक्षामा आवश्यक पर्ने पी.पी.इ, मास्क र ह्याण्ड सेनिटाईजर जस्ता अत्यावसकिय सामाग्री सरकारी संयन्त्रबाट उपल्वध नभएको महासघंले दाबी गरेको छ । यसबाट एजेन्टहरू उच्च जोखिम मोलेर कार्य स्थलमा क्रियाशील हुनु परेकोमा महासघंको गम्भीर ध्यानाकर्षण भएको भन्सार एजेन्ट महासघंका अध्यक्ष शान्त कुमार शर्माले विज्ञप्ति मार्फत जनाएका छन् । नेपाली वाणिज्यको करिब ८६ प्रतिशत हिस्सा भारतसँग निर्भर छ । उता भारतमा कोरोना सक्रंमणले विकराल रूप लिँदै गएको अवस्थामा दुई देश बिचको खुल्ला सिमानाका कारण भारतीय एजेन्टहरू निर्बाध आवागमन रोकिएको छैन । अर्कोतर्फ मालवाहक सवारी साधनको डी–टक्सीफाइड वा स्यानीटाइजेशन गर्ने नेपाल सरकारको कुनै सयंत्र छैन । यस विषम परिस्थितिमा समेत भन्सार एजेन्टहरू ज्यानको जोखिम मोलेर कार्य स्थलमा क्रियाशील हुनुपर्ने बाध्यकारी अवस्थाको सृजना भएको छ । अर्कोतर्फ भन्सार राजस्व सकंलन निरन्तर हुन सहयोग पुगेको छ । तर सरकारबाट तिनै भन्सार एजेन्टहरूको स्वास्थ्य सुरक्षालाई पूर्ण बेवास्ता भएकोले, भन्सार एजेन्टहरूको स्वास्थ्य सुरक्षा सामाग्री यधासिघ्र उपल्वध नगराइए भन्सार जाँच–पास जस्तो अत्यावश्यक सेवा सुचारु हुन नसक्ने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार