free website hit counter

यसरी मोडियो डाक्डरमाथिको कारबाही

beemaadmin
२०७७ बैशाख ७, आईतवार

काठमाडौँ । नेपालीमा उखान छ जो होचो उसैको मुखमा घोचो । अहिले सरुवा रोग अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक शेरबहादुर पुनमाथि त्यस्तै भएको छ । विषयविज्ञ हुनुका बाबजुद १८ वर्षदेखि करारमा अल्झाइएका चिकित्सकमाथि सरकारले अन्याय गरेको छ । डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरणको पत्र काटेपछि सामाजिक सञ्जाल डा. पुनको पक्षमा उर्लियो । त्यसपछि मन्त्रालय आफू सुरक्षित हुने बाटोको खोजीमा लाग्यो । मन्त्रालयद्वारा गरिने नियमित पत्रकार सम्मेलमा कोरोना उपचार र पहिचानको विषयमा छलफल गर्नका लागि डा. पुनलाई डाकेको मन्त्रालयले स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र मिडियाहरुले कुरै नबुझि मन्त्रालय र मन्त्री भानुभक्त ढकालको टिकाटिप्पणी गरेको आरोप समेत लगाएको छ । आइतबार डाक्टर पुन अस्पतालबाट पत्र बुझेर मन्त्रालय पुगेका छन् । मन्त्रालय पुगेका पुनले पनि आफूलाई मन्त्रालयले स्पष्टिकरण सोध्नभन्दा पनि विज्ञको रुपमा मन्त्रालयालाई सहयोग गर्नका लागि बोलाएको बताएका छन् । उनले आफू मन्त्रालयमा नतानिएको र शुक्रराज ट्रपिकल अस्पतालमा नै कार्यरत रहने र आवश्यक परेको खण्डमा मन्त्रालयमा आएर सघाउने सहमति भएको जानकारी दिएका छन् । डा. पुनले आफूलाई जोडेर सार्वजनिक सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारहरुमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै आफूलाई मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको जिकिर गरेका छन् ।

सम्बन्धित समाचार