free website hit counter

अध्यादेश फिर्ता लिने पक्षमा प्रधानमन्त्री ओली

beemaadmin
२०७७ बैशाख ११, बिहीबार

काठमाडौँ । विश्व समुदाय कोरोनाविरुद्ध लडिरहेको र नेपाल पनि कोरोनासँगको युद्धमा रहेका बेला बेमौसमी रुपमा ल्याएको अध्यादेशको चौतर्फी आलोचना भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक देखिएका छन् । बिहीबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएको संकेत गरेका हुन् । प्रधानमन्त्रीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल पनि थालेका छन्। बिहीबार बिहानै उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन् । संविधानको धारा ११४ को उपधारा २ (ख)मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ। राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार