लमजुङ । लगातारको लकडाउनका कारण सबैतिर सुनसान हुँदा जंगली जनावहरु गाउँ पस्न थालेका छन् । लमजुङको राइनास नगरपालिका ४ सातबीसे गाउँमा शुक्रबार राति चरीबाघ गाउँ पसेको छ । गाउँमा बाघ आएको खबर जिल्ला डिभिजन वन कार्यालयलाई आएपछि सोही नगरमा रहेको राइनास सबडिभिजनका कर्मचारीले उद्धार गरी नजीकैको जंगलमै छाडिदिएको बताइएको छ । चरीबाघ सम्भवतः जिल्लामै पहिलोचोटि गाउँ पसेको पाइन्छ । तराईदेखि ४५ मिटरको उचाइसम्म जुनसुकै स्थानमा चरीबाघ पाइने गरेको छ । लकडाउनका कारण सबै स्थानमा सुनसान भएपछि जनावर गाउँ छिर्न थालेको हो ।