काठमाडौं । लकडाउनका बेला खुल्ला सडकमा कुद्ने सवारी पनि दुर्घटनामा पर्ने गरेका छन् । काठमाडौंको तिलगंगा अस्पताल नजिकै कारको ठक्करबाट ट्राफिक प्रहरी जवान घाइते भएकी छिन्। शनिबार साँझ बा २१ च८५३० नम्बरको कारले ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवान राधा चन्दलाई ठक्कर दिएको हो।
चन्दको उपचारका लागि ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा पठाइएको छ । उनको खुट्टा फ्र्याक्चर भएको बताइएको छ । प्रहरीले कारका चालक विक्रम राईलाई नियन्त्रणमा लिएको छ।