free website hit counter

नयाँ दलका नेताहरु न्याय खोज्दै प्रहरीमा

beemaadmin
२०७७ बैशाख १४, आईतवार

काठमाडौं । सांसद अहपरण काण्डको चौतर्फी आलोचना भइरहेको बेला पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र तथा सत्तारुढ दल नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी परेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा बाबुराम भट्टराई, उपेन्द्रलगायत, उजुरी दिन आइतबार परिसर पुगेका हुन् । खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लगाइएको छ । अपहरणमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुगेका थिए । उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्दकसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार