free website hit counter

यस्तो अवस्थामा छन् किम

beemaadmin
२०७७ बैशाख १७, बुधबार

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनको स्वस्थ्यको विषयलाई लिएर विश्वभर अनेकथरि अड्कलबाजीहरु भइरहेका छन् । यतिसम्मकी उनको निधन भइसकेको र उनको उत्तराधिकारी को भन्ने बारेमा समेत विश्वका सञ्चार माध्यमहरुले बहस चलाइसकेका छन् । उनी बिरामी भएको समाचार केही दिनअघि सार्वजनिक भएको थियो। ३६ वर्षीय उनको स्वास्थ्य समस्याका हार्ट सर्जरी गरेको र अहिले स्वस्थ्य रहेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। उनी एक रिसोर्टमा आराम गरिरहेका र रिसोर्टमा घुमफिर समेत गरिरहेका जनाइएको छ। चीनका सञ्चारमाध्यमहरुमा पनि किमलाई लिएर विभिन्न अड्कलबाजीका समाचार आइरहेका छन्। चिनियाँ चिकित्सक टोली उत्तर कोरिया पठाएको समेत बताइएको छ। चीनको मेडिकल टिमका एक सदस्यले जापानको म्यागेजिनलाई बताए अनुसार, किमको केही महिनादेखि मुटुको समस्या देखिएको थियो। केही दिनअघि उनी रिङ्गटा लागेर ढलेका थिए। त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको एक सर्जरी भइसकेको बताइएको छ। अब उनको मुटुमा स्टेन्ट लगाउनुपर्ने हुनसक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत किम बिरामी भएको खबर गलत रहेको बताएका थिए। किमको स्वास्थ्य अवस्था कस्तो छ यसबारे यकिन जानकारी भने आइसकेको छैन। उत्तरकोरियामा महिला शासक आउन सक्ने विभिन्न सञ्चारमाध्यमले अड्कलबाजी गरिरहेका छन्। यसै क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जिवित र सकुशलै रहेको सीएनएनले जनाएको छ । दक्षिण कोरियाली अधिकारीलाई उदृत गर्दै सीएनएनले भनेको छ, किम जिवित र सकुशलै छन् । किम जोङ अहिले मुटुको शल्यक्रियापश्चात कोमामा रहेको पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका थिए । तर वास्तवमा उनी स्वास्थ्य समस्याका कारण केहीदिन पर्दाबाट हराएको र अहिले स्वास्थ्य लाभ गरिरहेको अवस्थामा छन् । केही दिनमै उत्तर कोरियाले आफ्ना सर्वोच्च नेतालाई विशेष समारोह आयोजना गरी सार्वजनिक गर्ने सञ्चार माध्यमहरुले बताएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार