free website hit counter

लकडाउनकै अवधिमा झण्डै दुई करोडको बीमा भुक्तानी

beemaadmin
२०७७ बैशाख १९, शुक्रबार

काठमाडौं । लकडाउनको अवधिमा पनि बिमितहरुलाई डिजिटल माध्यमबाट सेवा दिँदै आएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले झडै दुई करोड बीमा भुक्तानी गरेको छ । लकडाउनको यस अवधिमा कम्पनीले मेच्युरिटी क्लेम (पूर्णावधि दावी) वापत रु. एक करोड ८४ लाख ४१ ह्जार नौं सय ८५ रकम बिमितलाई भुक्तानी गरेको छ । कम्पनीले डिजिटल प्रविधिवाट बीमा शुल्क भुक्तानी लिने र बिमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ ।
नेशनल लाईफ इन्स्योरेन्सले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना (कोभिड १९) रोग वापत एक वर्षको लागि बीमा गरेको छ । सो रोग लागेको पीसीआर प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बिमाङ्क रकम प्रदान गर्ने ब्यवस्था रहेको छ । यसवाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने र ब्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार