जनकपुरधाम । जनकपुरधाममा राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयवासीले विरोध गरेपछि बढेको हुलदंगामा प्रहरीले हस्तक्षेप गरेको छ । राहत वितरणमा जनकपुरधाम उपमहानगरपालिका १४ का वडाध्यक्ष पुण्यप्रसाद यादवले विभेद गरेको स्थानीयले आरोप लगाएका छन् । विरोधमा स्थानीयले नारावाजी थालेपछि प्रहरीले लाठीचार्ज गरेको बताइएको छ । प्रहरीको कुटपिटबाट वडा नम्बर १४ स्थित रजौलका पप्पु झा, सुफल देवी साह, फुलदेवी, दिपक पटेल, उदय यादव, रामकुमार चौधरी, रामसुखित यादव, उपेन्द्र कुमार साह लगायतको शरीरका विभिन्न भागमा चोट लागेके बताइएके छ ।