एजेन्सी । कोरोना आतंकले विश्वका अरवौं मानिस लकडाउनमा घरभित्रै थुनिएका छन् । यो समयमा महिला हिंसाका घटना बढेको विभिन्न समाचारहरु आइरहेका छन् तर
एकजना महिलाले भने आफ्नै लोग्नेलाई बिक्रीका लागि राखेको सूचना घरमा टाँसेकी छिन् । आवश्यकता भन्दा धेरै समय सबैजना एकसाथ रहँदा त्यसले पारिवारिक कलहसमेत निम्त्याउन थालेको प्रमाणका रुपमा यसलाई सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।
उसो त कोरोना भाइरस महामारीको लकडाउन सकिएसँगै विश्वमा पति पत्नीबीच सम्बन्ध विच्छेदका घटनामा तीव्र वृद्धि हुने प्रक्षेपण विज्ञहरुले गरिनै सकेका छन् । तर दम्पतीहरुमा लकडाउन सकिने अवधिसम्म समेत पर्खिने धैर्यता गुम्न थालेको छ । अहिले सोसल मिडियामा एउटा तस्वीर निकै भाइरल बनिरहेको तस्बिरमा लेखिएको छ, माइ हसवेन्ड इज फर सेल, अर्थात् मेरो लोग्ने बिक्रीमा छ । यद्यपि सोसल मिडियामा भाइरल बनेको उक्त तस्वीर कुन देशको हो भन्नेचाहिँ खुलाइएको छैन ।