free website hit counter

राहत वितरणमा भयाे हुलदंगा, डीएसपीसहित ८ जना घाइते

beemaadmin
२०७७ बैशाख २२, सोमबार

सिरहा। राहत वितरणको क्रममा सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फुलबरियामा विभेद गरिएको भन्दै स्थानीयले गरेको प्रदर्शनका क्रममा झडप नै भएको छ । स्थानीयका विरोधका बावजुत वडा कार्यालयले राहत वितरण सुरु गरेपछि स्थानीयले ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ९ राउण्ड हवाईफायर र ३ राउण्ड अश्रृग्यास प्रहार गरेको छ । झडप नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर र ३ राउण्ड अश्रृग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
झडपमा डीएसपी सन्तु जयसवालसहित ८ जना समान्य घाइते भएका छन् । घाइतेमध्ये प्रहरी ५ जना र स्थानीय ३ जना रहेका छन् । सवैको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ । स्थानीयको अनुसार राहात वितरणका विषयमा वडा कार्यलयमा विगत एक हप्तादेखि मतमतान्तर हुँदै आएको थियो । जनप्रतिनीधि र दलहका प्रतिनिधीधिबीच मत नमिलेपछि आइतवार इलाका प्रहरीमा सबै दलका प्रतिनिधि र जनप्रतिधिबीच मझदारी भएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार