free website hit counter

नेपाल इन्स्योरेन्सले संकलन गर्यो ४३ करोड बीमाशुल्क

beemaadmin
२०७७ बैशाख २३, मंगलवार

काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ करोड एक लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोे छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४ करोड ३४ लाख रुपैयाँ अर्थात ११.२२ प्रतिशत धेरै हो। गतवर्षको यसै अवधिमा इन्स्योरेन्सले ३८ करोड ६७ लाख रुपैयाँ खुद बीमाशूल्क संकलन गरेको थियो।

यस अवधिसम्ममा इन्स्योरेन्सको खुद नाफामा सामान्य सुधार भएको देखिन्छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सले १३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६४ प्रतिशत बढी हो। गतवर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चुक्तापूँजी एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडाकोषमा ३४ करोड ५८ लाख रुपैयाँ र बीमाकोषमा ३६ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा इन्स्योरेन्सले पूर्नबीमा कमिशनबाट १२ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ।

Advertisement
Advertisement

यस अवधिसम्ममा इन्स्योरेन्सले एक लाख १६ हजार ९४४ वटा बीमालेख जारी गरेको छ। इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ८६ पैसा छ। इन्स्योरेन्सको मूल्य अनूपात २१.२६ गुणा रहेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार