free website hit counter

बीमा व्यवसायले अभिभावक गुमायाे

beemaadmin
२०७७ बैशाख २४, बुधबार

काठमाडौं । बीमा व्यवसायक्षेत्रले एकजना दिग्गज व्यक्तित्व गुमाएको छ । पुनर्बीमा विज्ञ शैलेन्द्र कुमार श्रेष्ठको ६८ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो । नेपालमा बीमा क्षेत्रका ज्ञाता श्रेष्ठ राष्ट्रिय बीमा संस्थानको उपमहाप्रबन्धक पदबाट अवकाश पाएसँगै यनाइटेड इन्स्योरेन्स, अलायन्स इन्स्योरेन्स, एभरेष्ट, लुम्बिनी जस्ता बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा बसेर काम गरेका थिए । लुम्बिनी इन्स्यारेन्स कम्पनीमा कार्यकाल सकिएपछि श्रेष्ठ नेपालको एकमात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको विज्ञका रुपमा संलग्न भएका थिए । श्रेष्ठको भारत, युरोप, अमेरिका तथा अफ्रिकाका पुनर्बीमा कम्पनीसँग राम्रो सम्बन्ध र सम्पर्क थियो । उनका एक छोरी र एक छोरा छन् । उनका छोरा बुहारी अष्ट्रेलियमा बस्दै आएका छन् भने छोरी ज्वाइ अमेरिकामा छन् । उनकी श्रीमती पनि केही समयअघि छोरी ज्वाइ भेट्न अमेरिका गएकी थिइन् । छोरी ज्वाइ भेट्न अमेरिका गएका समयमा श्रेष्ठको निधन भएको हो । प्यांक्रियाजको क्यान्सरबाट पीडित श्रेष्ठको करिब ४ वर्षअघि सल्यक्रिया गरिएको थियो ।

सम्बन्धित समाचार