free website hit counter

बिना लाइसेन्सका एम्बुलेन्स चालक, त्याे पनि दारूमा लठ्ठ

beemaadmin
२०७७ बैशाख २६, शुक्रबार

काठमाडौं । सामान्य अवस्थामा पनि सडकमा पहिलो प्राथमिकता पाउने एम्बुलेन्स चालकको अवस्था कस्तो छ भनेर खासै अनुगमन हुँदैनथ्यो । अहिले त झन महामारीको अवस्था । यो बेला एम्बुलेन्स चालकको अवस्था के कस्तो छ भनेर ट्राफिक प्रहरीले सोधीखोजी गर्ने कुरै भएन । खाली बाटोमा मादक पदार्थ सेवन गरेर एम्बुलेन्स हुइँक्याउँदा गौशलामा दुर्घटना भयो । बिहीबार दिउँसो बा८६ ६९२८ नम्बरको एम्बुलेन्सले बा १० च ८५१३ नम्बरको ग्राण्डी अस्पतालको कारलाई ठक्कर दिएको थियो । दुर्घटनापछि चेकजाँचका क्रममा एम्बुलेन्स चालक मोरङ, पथरीका ३६ वर्षीय रामबहादुर चौधरीले मापसे गरेर सवारी चलाएको पाइएको छ । साथै उनीसँग सवारी चालक अनुमति पत्र समेत नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । दुवै सवारी र चालक गौशाला प्रहरीको नियन्त्रणमा छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार