free website hit counter

भिसा सकिएका सबैै कामदारलाई मलेसिया छाड्न निर्देशन

beemaadmin
२०७७ बैशाख २६, शुक्रबार

मलेसिया । विश्वका अधिंश मुुलुकहरुले उडानमा प्रतिबन्ध लगाउँदै मुुुलुक लकडाउन गर्दा विदेशमा भीसा अवधि सकिएका हजारौं नेपाली अलपत्र परेका छन् । मलेसिया र खाडी मुलुुकमा यस्ता नेपाली कामदारको संख्या अधिक छ ।
मलेसियन सरकारले जनवरी १ देखि यता भिसा अवधि सकिएका आप्रवासी कामदारलाई आ–आफ्नो देश फर्कन निर्देशन दिएको छ। मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिख यता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओ) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन जारी गरेको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार यसरी स्वदेश फर्कन चाहनेहरुले कुनै पनि जरिवाना तिर्नु नपर्ने र मे १२ देखि २६ सम्म स्वदेश फर्किसक्नुपर्न जनाएको छ ।


यसरी फर्किनेहरुले मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउनुपर्ने छैन । दूतावासले जारी गरेको सूचनाअनुसार लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा मे १२ देखि एक महिनाभित्र कार्यालय समयमा मलेसियन अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै एप्समार्फत समय र अनुमति लिनुपर्ने उल्लेख गरिएको छ। मलेसियाले भिसासम्बन्धी लिइएको नयाँ नीतिबारे जानकारी दिँदै क्‍वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार त्यस्ता कामदारलाई सिधै टिकट काटेर आफ्नो देश जान अनुमति दिइएको छ । मलेसियाको एमओसीमा आगामी मे १२ देखि सकिँदैछ । फिर्ता हुन चाहनेले अध्यागमन विभाग कार्यालयमा थप कागजात वा पास बनाउन आवश्यक नभएको दूतावासले जनाएको छ । उनीहरुले कुनै जरिवाना भने भुक्तानी गर्नुपर्ने छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार