free website hit counter

खुलेको दिन एक अर्ब ७२ करोडको रक्सी स्वाहा

beemaadmin
२०७७ बैशाख २७, शनिबार

एजेन्सी । कोरोना संक्रमण रोक्न विश्वका अधिकांश मुलुकले लकडाउन गरे । लकडाउनका अवधिका लागि खाद्यन्नको जोहो सबैतिरका मानिसले गरे । अहिले पनि अधिकांश मुलुकमा अत्यावश्यक पसलहरु खुल्ला गरिएको छ । तर मदिरा प्रेमीहरुका लागि दारु पसल बन्द हुँदा ठूलै सास्ती खेपेको मदिरा पसल खुलेपछिको अवस्थाले देखाएको छ । छिमेकी मुलुक भारतमा लकडाउनको तेस्रो चरणमा सरकारले मदिरा पसल खोल्न छुट दियो, योसँगै पसलहरुमा ठूलो भीड लागेको थियो । रक्सी पसल बाहिर लागेको लाइन व्यवस्थापन गर्न नै असहज स्थिति सिर्जना भइसकेको थियो । यस्तोमा भारतको तमिलनाडुमा एकै दिनमा एक अर्ब ७२ करोड ५९ लाख भारतीय रुपैयाँ बराबरको रक्सी विक्री भएको छ । तमिलनाडु स्टेट मार्केटिङ कर्पोरेशनका अनुसार, प्रदेशमा एकैदिनमा एक अर्ब ७२ करोड भारु बराबरको रक्सी बिक्री भएको हो । कर्पोरेशनका अनुसार, ३ हजार ७५० पसलमा एकैदिनमा भएको उक्त विक्री हालसम्मकै अधिक हो ।

सम्बन्धित समाचार