free website hit counter

काेराेनाबाट पूर्व गोरखा सैनिक राईकाे निधन

beemaadmin
२०७७ बैशाख २७, शनिबार

लण्डन । कोरोना संक्रमणबाट बेलायमा भूतपूर्व गोरखा सैनिक कर्णबहादुर राईको निधन भएको छ । श्वास फेर्न गाह्रो भएपछि १० दिनअघि अस्पताल भर्ना भएका राईको मेडिस्टोन अस्पताल केन्टमा निधन भएको बताइएको छ । ७७ वर्षीय राईलाई कोरोनाको लक्षण घरमै देखिएको थियो । उनलाई शुरुमा टाउको दुख्ने गरेको थियो भने पछि श्वास फेर्न गाह्रो भएको थियो । उनलाई भेण्टिलेटरमा राखी उपचार गरिँदैथियो । परिवारका अनुसार उनमा अन्य कुनै स्वास्थ्य समस्या थिएन ।
ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई सन् २०१७ देखि बेलायतको मेडिस्टोनमा बसोबास गर्दै आएका थिए । बेलायत आएको केही महिनामै राईकी श्रीमतीको निधन भएको थियो । उनी हाल एक छोरा, एक छोरीसित बेलायतमा बस्दै आएका थिए । उनको दुई छोरा, चार छोरी छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार