free website hit counter

सर्वदलीय बैठक सम्पन्न

beemaadmin
२०७७ बैशाख ३१, बुधबार

काठमाडौं । प्राकृतिक प्रकोप र छिमेकीको हेपाह शैलीका कारण अप्ठ्यारोमा परेको बेला सरकारले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । भारतसँगको सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको हाे । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सीमा रक्षाको निम्ति सबै दल एक हुने बैठकमा उपस्थित् नेताहरुले प्रतिबद्धता जनाएका थिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सीमा विवाद समाधानका लागि कुटनैतिक र राजनैतिक रूपमा उच्चस्तरमा पहल गर्न आग्रह गरेका छन् । उनले सीमा समस्या समाधानका लागि वक्तव्यवाजीमात्र नगरी उच्च स्तरमा सार्थक एवं परिणाममुखी पहल गर्न आग्रह गरेका छन् ।
उता, जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपोलियनको ‘पुट योर आइरन ह्यान्ड इन अ भेलभेट ग्लोब’ भन्ने भनाईलाई उद्धृत गर्दै भने, ‘यहाँ फलामको हात र मखमली पञ्जा भनेजस्तै बाहिर चाहिँ हामी नरम हुनुपर्छ तर भित्र राजनीतिक, कुटनीतिक तरिका अपनाउनुपर्छ । बाहिर चाहिँ हल्ला गर्ने भित्र केही पनि नगर्ने भयो भने चाहिँ गलत हुन्छ ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकमा सहभागी नेताहरुले भारतले हालै सडक उद्घाटन गरेको भूभाग नेपालकै भएको निष्कर्ष निकाल्दै वार्ताका माध्यमबाट समाधान खोज्न सरकारलाई सुझाव दिएका थिए । उनले बैठकमा सरकारले चालेका कदममा सबैको साथ रहेको र भारतले हालै उद्घाटन गरेको सडकको केही क्षेत्र नेपाली भूमिमा पर्ने भन्दै वार्ताका माध्यमबाट समाधान खोज्न सबै दलले सरकारलाई सुझाव दिएको जनाए । बैठकले कालापानीमा भारतले सडक खोलेकोमा भर्त्सना गरेको र सो भूभाग नेपालकै हो भन्ने कुरामा दृढ अभिमत प्रकट गरेको पनि ज्ञवालीले स्पष्ट पारे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार