free website hit counter

पूर्व राजाले अनुमति पाए, काठमाडौं फर्किंदै

beemaadmin
२०७७ जेष्ठ २, शुक्रबार

काठमाडौं । निजी भ्रमणको क्रममा झापा पुगेकै बेला लकडाउनका कारण रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजधानी आउने अनुमति पाएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका छन् । पूर्व राजा ज्ञानेन्द्र आफैं सवारी चलाएर फर्किरहेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको बताइएको छ । पूर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएको थियो । तर गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार