free website hit counter

संक्रमित भेटिएपछि गाउँ नै सिल

beemaadmin
२०७७ जेष्ठ २, शुक्रबार

धादिङ । विहीवार कोरोना भाइरसबाट संक्रमित हुनेहरु मध्ये १ जना धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवाल पौवाको रहेपछि गाउँलाइ शील गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ । शुक्रवार विहान जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षता र त्यस क्षेत्रका जनप्रतिनिधिहरुसहितको संयुक्त वैठकले गाउँलाइ शील गर्ने निर्णय गरेको हो । गल्छी गाउँपालिका वडा नं ८ को पुर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्वर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वीराजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडक वीचको क्षेत्रलाइ शील गर्ने निर्णय भएको हो । यी चारकिल्ला भित्र आगामी जेठ ६ गते राति १२ बजेसम्मका लागि संक्रामक रोग ऐन अनुसार निषेधाज्ञा जारी गर्दे शील गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार