free website hit counter

आमा गुमाएका १२ दिने शिशु आइसोलेसनमा

beemaadmin
२०७७ जेष्ठ ४, आईतवार

काठमाडौं । कोरोनाका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ। परिवारका बाँकी तीन जना सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्। उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । सिन्धुपाल्चोकको बाह्रविसे ९, राम्चेकी सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। पछि उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

सम्बन्धित समाचार