free website hit counter

कर्णेलहरुमाथि कठोर कारवाहीको तयारी

beemaadmin
२०७७ जेष्ठ ९, शुक्रबार

काठमाडौं । नेपाली सेनाका केही बहालवाला कर्णेलहरु आजै कठोर कारवाहीको फन्दामा पर्ने भएका छन् । भक्तपुरस्थित सैनिक अवासीय महाविद्यालयमा तीन वर्षअघि भएको आर्थिक घोटाला प्रकरणमा कोर्टमार्शल भई कारवाही सिफारिस भएका कर्णेल भूपालमानसिंह अधिकारीसहितका तीन–चार जना सैनिक अधिकारीमाथि सजायँबारे आजै जंगी अड्डाले सार्वजनिक गर्ने भएको हो । उनी महाविद्यालयको कमाण्डेट हुँदाका समयमा त्यहाँको घोटालाबारे व्यापक कुरा उठेपछि उनी छानवीनको दायरामा परेका थिए । त्यसको अन्तिम सुनुवाई भइसकेको र आजै जंगी अड्डाले सार्वजनिक गर्न लागेको हो । उता, वीरेन्द्र सैनिक अस्पताल छाउनीको घोटाला प्रकरणमा मुछिएका अर्का सहायक रथी (जर्नेल) प्रयोगजंग राणा र नवीन सिलवालमाथिको कारवाही पनि अन्तिम चरणमा पुगेको छ । करोडभन्दा माथिको घोटालामा मुछिएका यी जर्नेलमाथिको सोधपुछको क्रम सकिएको छ । अब उनीहरुमाथिको सजायँ सुनुवाई हुनमात्रै बाँकी रहेको सैनिक स्रोतले जनाएको छ ।  (जनआस्थाडटकम)

सम्बन्धित समाचार