free website hit counter

महालक्ष्मीले गरायो सबै कर्मचारीको कोरोना बीमा

beemaadmin
२०७७ जेष्ठ १२, सोमबार

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढिरहेको बेला महालक्ष्मी लाईफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत सबै कर्मचारीको कोरोना बीमा गराएको छ । इन्स्योरेन्सले जनरल इन्स्योरेन्स कम्पनी नेपाल मार्फत सबै कर्मचारीको कोरोना बीमा गराएको हो । यससँगै, कोरोना बीमाको विमाङ्क रकम प्रतिकर्मचारी १ लाख रूपैयाँको रहेको कम्पनीले जानकारी दिएको छ । यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखारउपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी सबैको कोरोना बीमा गराइएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताएका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार